डडेल्धुराः डडेल्धरामा प्रदेशसभाको मतगणना जारी छ। प्रदेशसभा–२ मा ११ हजार ३ सय ५६ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीले अग्रता कायमै राखेका छन्।
जोशीले ४ हजार ८ सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गोविन्दराज बोहराले ४ हजार ७ सय ४१ मत ल्याएका छन्। जोशी र बोहराबीचको मातान्तर १ सय ५७ मत छ।
यस्तै, नेकपा एमालेका गजेन्द्रबहादुर शाहीले ५ सय ८२ मत प्राप्त गरेका छन्। अहिले जिल्ला सदरमुकामको मतगणना सुरु भएको छ। अजयमेरु र नवदुर्गाको मत गणना सकिएको छ।