दार्चुला : दार्चुलाका एक किशोर सम्पर्क विहिन भएका छन । जिल्लाको शैल्यशिखर नगरपालिका –६ मिलिमिलि बस्ने धन सिंह रावलका छोरा १४ वर्षिय भुवन रावल सम्पर्क बिहिन भएका हुन्।
गतहप्ता दार्चुलाको गोकुलेश्वर बाट धनगढी जान्छु भनी घरबाट निस्किएका दार्चुलाको गोकुले बजारबाट खोड्पे सम्म जिप र खोड्पेबाट अत्तरिया सम्म बसमा आएका रावल त्यसयता परिवारको सम्पर्कमा नआएको उनका दाइ वीर सिंह रावलले बताए।
कसैले भेटाएमा नजिकको प्रहरी कार्यालय वा ९८०५७७३४९१ र ९८४८९९४०७७ ,९८४८९९४०७७ मा सम्पर्क गरिदिनु परिवारिक स्रोतले अपिल गरेको छ ।