बैतडी : बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका- ४ जर्गका ३० वर्षिय विष्णु लोहारको मलेसियामा मृत्यु भएको हो।
शुक्रबार राति कोठामा सुतेका उनी शनिवार बिहान मृत फेला परेका बताइएको छ। उनी मलेसियाको पेनाङ राज्यको जेसीवाइसी कम्पनीमा काम गर्दथे।
६ वर्ष मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको दशैँ मनाएर फेरि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए।
अर्कोपटक घर आउँदा बिहे गर्ने सोच बनाएर गएका बिष्णु कहिल्लै नआउने गरि अस्ताएपछि गाउँ शेकमा डुबेको छ।