Radio Unity 92.2MHz

क्याम्ब्रिज पब्लिक स्कुल डडेल्धुराले विभिन्न कार्यक्रम गरी मनायो भानु जयन्ती

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगास्थित क्याम्ब्रिज पब्लिक स्कुलले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ।

आइतबार सो स्कुलले भानुजयन्तीको अवसरमा प्राभातफेरी, कविता वाचन र चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। प्राज्ञिक विद्यार्थी परिषद् डडेल्धुराको आर्थिक सहयोगमा कविता वाचन प्रतियोगिता तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो।

कविता वाचनतर्फ कक्षा १२ का सरोज ऐर प्रथम, कक्षा १० की यमुना रोकाया द्वितीय, कक्षा १० कै विभान ऐर तृतीय र कक्षा ५ का योजन भट्ट सान्त्वना भएका छन्।

यसैगरी चित्रकलातर्फ कक्षा ९ का दिनेश रोकाया प्रथम, कक्षा ९ की डालिमा केसी द्वितीय, कक्षा ९ का विशाल कठायत तृतीय र कक्षा ८ का सरगम जैरु सान्त्वना भएको स्कुलका प्रिन्सिपल हर्केशबहादुर साँकीले जानकारी दिए। उनका अनुसार विजेताहरूलाई प्रमाणपत्र र पुरस्कारद्वारा सम्मानित गरिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...