Radio Unity 92.2MHz

डडेल्धुरामा नेकपाको वृहत एकता सभा २४ मंसिरमा हुने

डडेल्धुरा: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले डडेल्धुरामा वृहत एकता सन्देश सभा गर्ने भएको छ।

शनिवार नेकपा (माओवादी केन्द्र) तथा नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा भएको बैठकले यहीँ मंसिर २४ गते एकता सभा गर्ने निर्णय गरेको हो।

सभालाई व्यवस्थित र सफल बनाउनका लागि उमेश भट्ट ‘विकास’ संयोजक तथा सुरेन्द्र बिष्ट र कविन्द्र बिष्ट सहसंयोजक रहनेगरी मूल आयोजक कमिटी गठन गरिएको छ।

​मूल आयोजक कमिटीका संयोजक भट्टका अनुसार जिल्ला सदरमुकामको बसपार्कमा वृहत एकता सन्देश सभा गर्ने निर्णय गरेको हो। जसको आयोजना नेपाली कम्युनिस्ट पार्टी डडेल्धुराले गर्नेछ।

उक्त सभामा पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री भीम रावल, नेता खगराज भट्ट, भानुभक्त जोशी, प्रकाशबहादुर शाहलगायतका शीर्ष नेताहरूको भव्य उपस्थिति रहने जनाइएकोछ। ​

सम्पूर्ण पार्टी कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका सदस्यहरू, समर्थक, शुभचिन्तक तथा आम जनसमुदायलाई सभामा उत्साहजनक उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।

मूल आयोजक कमिटीअन्तर्गत सभालाइ व्यवस्थापन गर्न आर्थिक व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा, मञ्च व्यवस्थापन, र स्वयंसेवक उपसमितिहरूसमेत निर्माण गरिएको छ। यी उपसमितिहरूले सभाको सम्पूर्ण तयारी र व्यवस्थापनलाई कुशलतापूर्वक सम्पन्न गर्ने जिम्मेवारी लिएका छन्। एकता सन्देश सभाले डडेल्धुरामा कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूबीचको एकता र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...