Radio Unity 92.2MHz

डडेल्धुरामा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

डडेल्धुरा: डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्लाको अजयमेरु गाउँपालिका–२ बसनास्थित चमडा–डडेल्धुरा पक्की सडक खण्डमा चमडाबाट डडेल्धुरातर्फ आउँदै गरेको सुपप्र०१–००२ त ७४२८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी कृष्णपुर नगरपालिका–२ बाणी निवासी २० वर्षीय सन्दिप चौधरीको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टरमा चालकसहित पाँच जना सवार रहेका थिए।

दुर्घटनामा घाइते भएका कृष्णपुर–२ बाणी निवासी २० वर्षीय जोन चौधरी र २० वर्षीय पुरन चौधरीको डडेल्धुरा अस्पताल मा उपचार भइरहेको छ। साथै २३ वर्षीय उमेश रानालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।

दुर्घटनामा संलग्न ट्याक्टर घटनास्थलमै रहेको छ भने चालक कृष्णपुर–२ बाणी निवासी ३२ वर्षीय करन चौधरी फरार रहेका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...