Radio Unity 92.2MHz

प्रतिनिधिसभा निर्वाचन : डडेल्धुराका सबै सीमा नाका तीन दिन बन्द हुने

डडेल्धुराः जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भारतसँग जोडिएका जिल्लाका सबै सीमा नाका तीन दिन बन्द गर्ने निर्णय गरेको छ। प्रशासनले यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सबै सीमा नाका बन्द गरेको हो।

प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म भारतसँग जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहनेछन्।

निर्वाचनलाई भयरहित र व्यवस्थित ढंगले सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले जानकारी दिए।

प्रशासनले उक्त अवधिमा सीमा क्षेत्रबाट आवतजावत नगर्न तथा सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...