Radio Unity 92.2MHz

डडेल्धुरामा रास्वपाका जोशी विजयी, भत्कियो कांग्रेसको किल्ला

डडेल्धुरा: प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले १९ हजार १३१ मत प्राप्त गर्दै जित हात पारेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। महर ७ हजार १० मतको फराकिलो अन्तरले रास्वपाका जोशीसँग पराजित भए।

त्यस्तै नेकपाका मानसिंह मालले ६ हजार ८३४ मत पाएका छन् भने एमालेका चक्रप्रसाद स्नेहीले २ हजार ९२६ मत प्राप्त गरेका छन्।

कार्यालयका अनुसार जिल्लामा कुल ४५ हजार ५४३ मत खसेको थियो। तीमध्ये ४३ हजार ६७ मत सदर भएका छन् भने २ हजार ४७६ मत बदर भएको जनाइएको छ।

जोशीको जितसँगै जिल्लामा नेपाली कांग्रेसको ३४ वर्षे विरासत ढलेको छ। यसअघि २०४८ यताका सबै निर्वाचन नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जितेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...