डडेल्धुरा: डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराको अध्यक्षमा दीपकबहादुर महता निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितिले बिहीबार दिएको जानकारीअनुसार अध्यक्षमा महतासहित सबै पदमा उम्मेदवारहरू निर्विरोध चयन भएका हुन्। वरिष्ठ उपाध्यक्षमा लालमणि पन्त, वाणिज्य उपाध्यक्षमा दिनेशप्रसाद पनेरु र उपाध्यक्षमा वासुदेव जोशी चयन भएका हुन्।
महासचिवमा मीनाकुमारी फुलारा, वाणिज्य सचिवमा धनबहादुर ठकुराठी, उद्योग सचिवमा नेत्रप्रसाद अवस्थी र महिला सचिवमा कमलाकुमारी जैसी र कोषाध्यक्षमा सीताराम पाण्डेय निर्वाचित भएका छन्।
खुला सदस्यतर्फ हरिप्रसाद उप्रेती, सुभाषचन्द्र भट्ट, शैलेन्द्र भट्ट, विकास पन्त, वसन्तराज पाण्डेय, जगदीश सिंह रावल र सिद्धराज भट्ट निर्वाचित भएका छन्।
यस्तै महिला सदस्यमा पुनम नगरकोटी र सिर्जना जोशी तथा दलित सदस्यमा शेरबहादुर सुनार र सुरेन्द्रबहादुर सार्की निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। कार्यसमितिको कार्यकाल तीन वर्ष हुनेछ।