Radio Unity 92.2MHz

डडेल्धुरामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा किशोरको मृत्यु

डडेल्धुरा: डडेल्धुरामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा आलिताल गाउँपालिका–१ बन्तालका १६ वर्षीय अनिल विक रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ बजेतिर मोबाइल चार्जमा राखेर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा शुक्रबार राति १० बजेर १० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...