Radio Unity 92.2MHz

सामाजिक विकासका प्रमुख लामिछानेलाई यातायात कार्यालयको पनि जिम्मेवारी

डडेल्धुरा: सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख मीनबहादुर लामिछानेलाई यातायात व्यवस्था कार्यालय डडेल्धुराको पनि जिम्मेवारी दिइएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशमा जेठ १८ गते बसेको प्रमुख सचिवस्तरीय बैठकले लामिछानेलाई थप जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

निर्णयअनुसार लामिछानेले सामाजिक विकास कार्यालयको जिम्मेवारीसँगै यातायात व्यवस्था कार्यालयको कामकाज पनि सम्हाल्नेछन्। उनी हाल कार्यरत निकायबाटै तलब–भत्ता बुझ्ने गरी अतिरिक्त जिम्मेवारीमा खटाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नरेन्द्र शाहले जानकारी दिए।

अधिकृत छैटौँ तहका कर्मचारी रहेका लामिछानेलाई कार्यालयको प्रशासनिक तथा सेवा प्रवाहलाई निरन्तरता दिन थप जिम्मेवारी प्रदान गरिएको जनाइएको छ। यातायात व्यवस्था कार्यालयमा प्रमुख पद रिक्त रहेकाले अस्थायी रूपमा यो व्यवस्था गरिएको बुझिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...