Radio Unity 92.2MHz

गन्यापधुरा गाउँपालिकाको वार्षिक वित्तीय प्रगति ८०.६७ प्रतिशत

डडेल्धुरा: गन्यापधुरा गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक वित्तीय प्रगति ८०.६७ प्रतिशत हासिल गरेको छ।

गाउँ कार्यपालिकाको कार्यालय, गणेशपुरले शुक्रवार सार्वजनिक गरेको विवरणअनुसार वास्तविक बजेट (आय) को आधारमा वित्तीय प्रगति ८०.६७ प्रतिशत पुगेको हो।

कुल बजेटको ७५.८१ प्रतिशत रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङले जानकारी दिए। उनका अनुसार चालु तथा पुँजीगत शीर्षक गरी कुल रु. ५० करोड ९४ लाख ४४ हजार १५२ बजेटमध्ये रु. ३८ करोड ६२ लाख ५० हजार ११६ खर्च गरिएको छ।

चालु खर्चतर्फ विनियोजित रु. ३२ करोड ५३ लाख ७० हजार ३०० मध्ये रु. २५ करोड ८८ लाख ९४ हजार ४३६ खर्च भई ७९.५६ प्रतिशत प्रगति हासिल भएको प्रमुख प्रशासकीय अधिकृत तामाङले बताए ।

यस्तै, विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्चतर्फ रु. १८ करोड ४० लाख ७३ हजार ८५२ बजेटमध्ये रु. १२ करोड ७३ लाख ५५ हजार ६८० खर्च भएको छ, जुन ६९.१९ प्रतिशत हो। चालु खर्चको तुलनामा पुँजीगत खर्च अपेक्षाकृत कम भए पनि समग्र बजेट कार्यान्वयन सन्तोषजनक रहेको गाउँपालिकाको दाबी छ।

सम्बन्धित पाेष्टहरु
Loading...