Radio Unity 92.2MHz

रंगुन खोलामा महिलाको शव फेला

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका–१२ स्थित रंगुन खोलामा एक महिलाको शव फेला परेको छ।

जोगबुडाका कासी नाथकी श्रीमती अन्दाजी ४६ वर्षीया डम्मरीदेवी नाथ बिहान करिब ९ बजे घरबाट भैँसी चराउन भनेर गएकी थिइन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार केही समयपछि रंगुन खोला किनारमा उनको चप्पल र दोपट्टा फेला परेको थियो।

महिला सम्पर्कविहीन भएपछि उनका श्रीमानले प्रहरीलाई खबर गरेका थिए। खबरलगत्तै इलाका प्रहरी कार्यालय जोगबुडाबाट प्रहरी टोली खोजीका लागि परिचालन भएको थियो।

प्रहरी निरीक्षक चन्दका नुसार दिउँसो पौने २ बजेतिर चप्पल र दोपट्टा भेटिएको स्थानभन्दा करिब पाँच किलोमिटर पश्चिम बसकोइरा नजिकै खोलामा डम्मरीको शव बगिरहेको अवस्थामा फेला परेको हो।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयको टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
Loading...