Unity Khabar

क्याबिनेट बैठकमै मन्त्री आलेले पाए प्रधानमन्त्री देउवाबाट ‘स्याबासी’

काठमाडौं: नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलहरुको गठवन्धनमा बनेको अहिलेको सरकारमा प्रधानमन्त्रीसहित २५ मन्त्री छन् ।

कतिपय मन्त्रीहरु पटक -पटक मन्त्री भएका, राजनीतिक जिवनमा लामो समय गुजारेका वा कतिपय मन्त्री हुनुअघि अत्याधिक चर्चा कमाएका व्यक्तिहरु छन् । तर मन्त्रीहरुले अहिले गरिरहेको जनमुखी तथा राष्ट्रहितको कामको दृष्टिकोणले सवैभन्दा धेरै चर्चा र प्रशंसा हुने गरेकाे छ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकमै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री आलेका परिणाममुखी र जनमुखी कामका लागि बधाई र स्याबासी दिएका छन् । हुन त मन्त्री आले यस अघि केपी ओली प्रधानमन्त्री हुँदा पनि मन्त्री नबनेका होईनन् । त्यतिबेला उनी बन तथा वातावरण मन्त्री बने ।

त्यतिबेला आफूले बन संरक्षणमा गरेको योगदानका कारण नेपालले संयुक्तराष्ट्र संघबाट करोडौं रोएल्टी पाउने गरेको उनले बताउने गरेका छन् । तर त्यतिबेला उनको प्रशंसा भन्दा आलोचना धेरै भयो । तर अहिले उनको दोश्रो कार्यकालमा भने २४ मन्त्रीमा आले पहिलो नम्बरको झैं देखिएका छन् । मन्त्री आलेले गरेका राम्रा कामको सार्वजनिक रुपमा एक पछि अर्को सकारात्मक परिचर्चा हुने गरेको छ ।

मन्त्रिपरिषदको बुधवारको बैठकमा मन्त्री आलेले सरकारी सम्पत्ति संरक्षण र सम्पदाहरुमा बनाउन लागिएका संरचनाहरु बन्न नदिने अडान लिएपछि प्रधानमन्त्रीले ‘स्याबास’ भनेका हुन् । आलेकाे मौखिक आदेशबाट नारायणहिटी संग्रहालयभित्र क्याफ्टेरिया निर्माणको कार्य रोकिएको छ ।

मन्त्रिपरिषद बैठकमा आलेले मन्त्रिपरिषद बैठकबाट हुने कुरा बाहेक मन्त्रीस्तरबाटै निर्णय गरेर सार्वजनिक सम्पत्तिहरुको संरक्षणका कदम चाल्ने जानकारी गराएका थिए । ‘गणतन्त्र ल्याएको राजाका करोडौका सम्पत्ति कौडीको भाउमा व्यापारीलाई दिनको लागि हो ? नारायणहिटी संग्राहलयमा आज कसैले क्याफ्टेरिया खोल्छ, भोलि वाइन सप खोल्छु भनेर अर्को आउला यसरी दिने हो कि संरक्षण गर्ने हो’ मन्त्री आलेको भनाइ थियो ।

अरु मन्त्रीले पनि उनका पछिल्ला कदमको प्रशंसा गरेका थिए । आलेले पर्यटन बोर्डका सिइओ हटाउन छानविन समिति गठन गरेका छन् । सिइओ धनन्जय रेग्मीले मादिरा सेवन गरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीलाई दुरब्यवहार गरेको भिडियो सार्वजनिक भएपछि आलेले उनीमाथि कारबाही प्रकृया बढाएका थिए ।

मन्त्री आलेले त्रिभुवन विमानस्थल भित्र हुने ट्याक्सीको चर्को ठगी रोक्न रिङरोडदेखि विमानस्थलसम्म नि:शुल्क बस सेवा सुचारु गराए । नेपाल बायु सेवा निगम भित्रका कर्मचारीको निरन्तरको आन्दोलनबाट कामकाज ठप्प भएको अवस्थामा मन्त्रालय सम्हालेका उनले केही दिन भित्रै सो समस्या हल गरेपछि उनको सकारात्मक कामको प्रशंसा हुन थालेको थियो ।

नेपाल बायुसेवा निगमलाई कार्गो सामान बोक्ने अधिकार दिलाउनु, नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गराउनु तथा बैदेशिकसहित नेपालका ग्रामिण भेगमा बायुसेवा निगमका जहाज उडाउन उनले देखाएको सक्रियताले मन्त्री आलेको ग्राफ अहिले ह्वात्तै बढेको छ । बायुसेवा निगमकै पाईलट तथा कलाकार विजय लामालगायतले समेत अहिले मन्त्री आलेको सार्वजनिक रुपमा प्रशंसा गरिरहेका छन् ।

सम्बन्धित पाेष्टहरु
Loading...