डडेल्धुराः नेकपा एमाले डडेल्धुराले सर्वसम्मत रूपमा जिल्ला कमिटी चयन भएको छ। आठौं जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका प्रकाश साउँद सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।
उनको अध्यक्षतामा ८२ सदस्यीय कमिटी चयन भएको हो। ८ जनापछि मनोनित गरिने एमाले डडेल्धुरा जनाएको छ। अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएका थिए। तर, अन्तिममा उनले साउँदलाई नै अध्यक्षमा सहमति जनाएका थिए।
जिल्ला अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप–सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन्। यसअघि सातौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बनेका साउँद डा। तारा जोशी हारेका थिए।
त्यसपछि उनी नयाँ शक्ति केन्द पार्टीमा गएका थिए। नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा प्रवेश गरेका नेता साउँद एमाले फुटेपछि पुनः एमाले जिल्ला अध्यक्ष भएका थिए।
यस्तो बन्यो एमाले डडेल्धुराको ८२ सदस्यीय जिल्ला कमिटी