डडेल्धुरा: शनिबारदेखी डडेल्धुरामा विद्युत सेवा अनियमित हुदाँ उपभोत्ता मार्कामा परेको छन् । चिसोको समयमा हिटर लगाएतका न्यानो दिन सधान प्रयोग गर्ने सेवा ग्राही झनै समस्यामा परेका छन् ।
चिसोको समयमा हिटर लगाएताका विभिन्न इलोक्टोनीक सधानहरु बढी प्रयोगले लोड नपुगेको नेपाल विद्युुत प्राविधिकारण वितरण केन्द्र डडेल्धुराले जनाएको छ ।
लोड बढी भएपछि अहिले नयाँ ट्रान्सफर्मर राख्ने काम भएइरहेको वितरण केन्द्र डडेल्धुराका प्रमुख रामदिनेश यादवले बताए। उनका अनुसार आज वा भोलीबाट विद्युत सेवा नियमित हुनेछ ।
अहिले जिल्लाभरी बिद्युत आउने–जाने नभई जिल्ला सदरमुकामको अमरगढी–५ विद्युतरोडदेखी प्रहरी कार्यालयसम्म मात्र ओभरलोडका कारण अनियमित भएको उनको दाबी छ । विद्युत सेवा अनियमीत हुँदा यहाँका उद्योग धन्दा, सञ्चार माध्यम समेत प्रभावित भएका छन्।