Unity Khabar

सुनको भाउ बढ्यो

काठमाडौं : बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजारमा पुगेको छ भने तेजावी सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै चाँदीको भाउ पनि बुधबार प्रतितोला ५ रुपैयाँले बढेको छ। यससँगै चाँदी प्रतितोला १२३५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...