Radio Unity 92.2MHz

प्रदेशस्तरीय यू–१९ क्रिकेटको तयारीमा डडेल्धुरा, असोज १४ देखि क्लोज क्याम्प

डडेल्धुरा: डडेल्धुरा जिल्ला क्रिकेट संघले यू–१९ पुरुष प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गरी क्लोज क्याम्प सञ्चालन गर्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को तालिकाअनुसार हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका २२ खेलाडीलाई समेटेर असोज १४ गतेदेखि १७ गतेसम्म नवदुर्गा गाउँपालिका–१, एरोडा मैदानमा क्लोज क्याम्प सञ्चालन गरिने संघले जनाएको छ।

क्लोज क्याम्पका लागि सुवेश रावल, तपेन्द्र बोहरा, एस कुमार कठायत, समिर ऐर, निर्मल खड्का, सुरेश महरा, टेक थलाल, प्रिन्स भण्डारी, भरत कुँवर, विवेक खड्का, मनिष जोशी, अमुल भट्ट, अनमोल बैलकोटी, निराजन गौतम, रोशन बिजाले, आदित्य जैरु, किरणकुमार देउवा, मुस्कान दमाई, लोकेश चन्द, रिजन राई, टेक भट्ट र रितेश ऐर छनोट भएका छन्।

क्लोज क्याम्पमा रोशन नेपालीले कोच तथा साजन गौतमले ट्रेनरको भूमिका निर्वाह गर्नेछन्। छनोट भएका खेलाडीलाई असोज १३ गते साँझ ५ बजेसम्म सम्पर्क गरी सहभागी हुन संघले अनुरोध गरेको छ।

खेलाडीहरूको खाना, बसोबास तथा अमरगढी नगरपालिका–५, बागबजारदेखि नवदुर्गा गाउँपालिका–१, एरोडा मैदानसम्मको यातायात खर्च संघले व्यहोर्ने जनाएको छ।

खेलाडीहरूले नाबालक परिचयपत्र, नागरिकता वा पासपोर्टमध्ये आवश्यक कागजातको सक्कल प्रति समेत मैदानमा ल्याउनुपर्नेछ। डडेल्धुरा जिल्ला क्रिकेट संघका सचिव निरज रावलले प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडीलाई आवश्यक तयारी गराउन क्लोज क्याम्प सञ्चालन गर्न लागिएको बताए।

सम्बन्धित पाेष्टहरु
Loading...