डडेल्धुरा: रणबम गण दह व्यारेक डडेल्धुराले एक बिद्यालयलाई शैक्षिक तथा खेलकुदका सामाग्री सहयोग गरेको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश २०७८ को अवसरमा सैनिक नागरिक सम्बन्ध विस्तार कार्यक्रम अन्तरगत जिल्ला अमरगढी नगरपालिका वडा ६ मा रहेको शम्भुनाथ माध्यामिक बिद्यालयलाई शैक्षिक तथा खेलकुदका सामाग्री सहयोग गरेको हो ।
बिद्यार्थीहरुको शैक्षिक तथा शारिरिक क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले रु २५००० रकम बराबरको शैक्षिक तथा खेलकुदका सामाग्रीहरु सोहि बिद्यालयका प्रधानाध्यापक बासुदेब ओझालाई शोमबार रणबम गणका गणपति बालमुकुन्द थापाले सहयोग स्वरुप प्रदान गरिएको हो ।
साथै, पृथ्वी जयन्तीकै अवसरमा रणम गणकै आयोजनामा जिल्ला रेडक्रस सोसाईटी, डडेल्धुरा शाखाको समन्वयमा दह व्यारेक हाताभित्र रक्तदान कार्यक्रम आयोजना गरी रणबममा कार्यरत २० जना सैनीक जवानले रक्तदान गरी कार्यक्रम सम्पन्न गरिएको छ ।