Radio Unity 92.2MHz

‘जन्डिस’बाट ग्रसित जोशीलाई समाजसेवी विनयको आर्थिक सहयोग

डडेल्धुराः अमरगढी नगरपालिका–११ फिन्नेकोटका नवराज जोशीलाई आर्थिक सहयोग गरिएको छ। ‘जन्डिस’ रोगबाट ग्रसित जोशीलाई अमरगढी नगरपालिका–४ खलंगा घर भइ हाल जापानमा रहेका समाजसेवी विनय प्रकाश मल्लले सहयोग गरेका हुन्।

मल्लले १० हजार आर्थिक सहयोग गरेको अमरगढी युवा एकता समाजका सदस्य सुरत तमोलीले बताए। उनका अनुसार विनयले पठाएको रकम अमरगढी युवा एकता समाज डडेल्धुराका युवाहरूले हस्तान्तरण गरेका हुन्।

जोशी ‘जन्डिस’ रोगबाट ग्रसित भएर हाल भारतमा छन्। उनको पेटमा पानी भरिएर बिरामी भएपछि ८ लिटर पानी निकालिएको थियो। उनी केही हदसम्म सञ्चो भएर ६ महिनाको औषधि लिएर घर आउँदैछन्।

विनयले विगत केही समय अघिदेखि डडेल्धुराका सात वटै स्थानीय तहमा रहेका दुःखी, पीडित, गरिब तथा समाजमा पछाडि परेका बर्गहरूलाई सहयोग गर्दै आएका छन्।

उनले शिक्षा, स्वास्थ्य र यहाँका मठमन्दिर लगाएतको विकासमा पनि योगदान दिएका छन्। विदेशबाट विनयले गरेको सहयोगले आफ्नो परिवार लगाएत धेरैको परिवारमा खुसी छाएको स्थानीय टेकबहादुर बोहोराले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...