Radio Unity 92.2MHz

बँदेलको आक्रमणबाट घाइते भएका जोशीको मृत्यु

डडेल्धुरा: जंगली बँदेलको आक्रमणबाट घाइते भएका बैतडीका मनोरथ जोशीको मृत्यु भएको छ।

दोगडाकेदार गाउँपालिका–१ घोरडीका अन्दाजी ७७ वर्षीय जोशीको उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको हुन्।

जोशीको शरीरभरी बँदेलले टोकेर घाउ बनाएको उनका भतिजा नवीन जोशीले बताए। सोमबार राती नै अस्पताल पुर्याएको भएपनि उनको बाटोमै मृत्यु भएको हो।

जंगली बँदेलको आक्रमणबाट समान्य घाइते भएका सोही ठाउँका बीरभान सार्की र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको छ।

सोमबार साँझ ५ बजेतिर जंगलबाट गाउँमा पसेको जंगली बँदेलले चारजनालाई घाइते बनाएको थियो। घाइते बल्देव कार्कीलाई थप उपचारका लागि धनगढी पठाइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...