डडेल्धुराः डडेल्धुरा जेसीज वर्ष २०२२ को अध्यक्षमा हिक्मतबहादुर सिंह सर्वसम्मत चयन भएका छन्। शनिबा जिल्ला सदरमुकाममा सम्पन्न नवौं सधारण सभामार्फत् सिंहलाई अध्यक्ष चयन गरेको हो।
जेसीज डडेल्धुराको कानुनी सल्लाहकारमा मोहन देउवा, कार्यकारी उपाध्यक्षमा धर्मदेव पाण्डेय र लक्ष्मी ऐर, महासचिव जगत ऐर, कोषाध्यक्ष दिनेश पाण्डेय चयन भएको जेसीज डडेल्धुराले जनाएको छ।
यस्तै उपाध्यक्षमा हरि भण्डारी, रमेश भट्ट, दिनेश पनेरु र आषिश बोहरा र सचिवमा नरेश विष्ट चयन भएका छन्। साथै शनिबार नै डडेल्धुरा जेसीज २०२१ का अध्यक्ष गोविन्द बोहराले पद हस्तातणर तथा समापन कार्यक्रम पनि गरेको बताए।
जेसीजले २०२१ मा कोरोना महामारीको समयमा अक्सिजन सहयोग, बाढीपहिरो पीडितलाई नगद राहत, आगलागी पीडितलाई राहत तथा साताव्यापी विभिन्न कार्यक्रम गरेको महासचिव लक्ष्मी ऐरले प्रस्तुत प्रतिवेदनमा उल्लेख गरेको छ।
यसले युवाको क्षमता विकास तथा सफल युवा व्यवसायी बनाउन समेत सघाउने गरेको छ। जेसीजले जिल्लाका सात वटै पालिकामा काम गर्ने अध्यक्ष सिंहले प्रतिबद्धता व्यक्त गरे।
युवाहरूका लागि क्षमता, नेतृत्व विकासका लगातयका कार्यक्रमहरू स्थानीय तहसँगको समन्वयमा स्थानीय स्तरमै गर्ने पनि उनले बताए। जेसीजमा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरूको सहभागिता हुने गर्दछ।