जिल्ला अदालत डडेल्धुराको सेवा संकुचन
डडेल्धुरा : जिल्ला अदालत डडेल्धुराले सेवा संकुचन पारेको छ। अदालतमा कार्यरत चार जना कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएको भन्दै अदालतले सेवा संकुचन पारेको हो।
आइतबार एक सूचना प्रकाशित गर्दै अदालते सोमबारदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवा संकुचन पार्ने जनाएको छ।
अदालकता श्रेस्तेदार रामु शर्माका अनुसार अदालते भोलिदेखि बन्दी प्रत्यक्षिकरण, १५५ नम्बरसँग सम्बन्धीत निवेदन र कोभिड–१९ सँग सम्बन्धीत रिट निवेदन तथा निवेदनहरू दर्ता र सुनुवाई गर्ने, म्याद थप पक्राउ पूर्जी, जरुरी पक्राउ पूर्जी, स्वीकृती र अनुमति प्रदान गर्ने, सरकारवादी फौजदारी मुद्दाहरूको अभियोग पत्र दर्ता, बयान र थुनचेक आदेश गर्ने भएको छ।
यस्तै, घरेलु हिंसासम्बन्धी मुद्दाको फिराद दर्ता, डिसमिस, मुद्दा फिर्ता, तामेली मिलापत्र कसुर ठहर भइ सजाए निर्धारण हुन बाँकी मुद्दाहरू सुनुवाइ गर्ने, हदम्याद गुज्रिन सक्ने फिराद तथा उजुरीहरू र प्रतिउत्तर मात्र दर्ता गर्ने श्रेस्तेदार शर्माको भनाइ छ।