Radio Unity 92.2MHz

डडेल्धुरामा २० र २१ गते ‘मोडर्ना’ खोप अभियान

डडेल्धुरा: डडेल्धुरामा यही माघ २० र २१ गते बालबालिकाहरुलाई अमेरिकन कम्पनीको ‘मोडर्ना’ खोप अभियान सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालय डडेल्धुराले यहाँका ७ वटै पालिकाहरुमा १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप अभियान सुरु गर्न लागेको हो ।

सरकारले विद्यालय जाने र विद्यालय नजाने सबै बालबालिकालाई लक्षित गरी माघ २० गते २१ गते खोपको पहिलो मात्रा लगाउन लागेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख अशुतोष श्रेष्ठले बताए ।

७ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखलाई सम्र्पक व्यक्ति तोकेर प्रत्येक वडाका विद्यालयमा खोप लगाउने एक सूचना नै जारी गरेको छ । खोप लगाउन आउने विद्यार्थीले परिचय पत्र वा विद्यालयको सिफारिस अनिर्वाय ल्याउनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

एक विद्यालयमा एक दिन मात्र अभियान सञ्चालन हुने बताएको छ । यसका लागि स्वास्थ्य कार्यालय डडेल्धुराले १२ वर्षदेखि १८ वर्ष उमेर समूहका विद्यार्थीको संख्या एकिन गरिसकेको थियो ।

सम्बन्धित पाेष्टहरु
Loading...