Radio Unity 92.2MHz

डडेल्धुरामा जुवा खेलिरहेका तीन जना पक्राउ

डडेल्धुरा: डडेल्धुरामा जुवा खेलिरहेका तीन जना पक्राउ परेका छन्। जिल्लाकाे अमरगढी नगरपालिका-५ जोशी पुस्तकालय नजिकैको घरबाट शनिबार साँझ नगदसहित उनीहरूलाई पक्राउ गरिएको हो।

जुवाडेको साथबाट ९ हजार ६ सय रूपैयाँ समेत बरामद गरेको डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए।

प्रहरीले पक्राउ परेका जुवाडेको नाम भने सार्वजनिक गरेको छैन्। जुवाडेको नाम भोलि बिहान सार्वजनिक गर्ने प्रहरी निरीक्षक चन्दले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...