Radio Unity 92.2MHz

डडेल्धुरामा जुवा खेल्दा पक्राउ परेका तीनै जना जुवाडेको नाम सार्वजनिक

डडेल्धुराः डडेल्धुरामा जुवा खेलिरहँदा पक्राउ परेका तीनै जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका–५ का यक्षराज पाण्डेय, तीर्थराज जोशी र दिलबहादुर खड्का रहेको डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए।

शनिबार साँझ तीर्थराज जोशीको घरबाट जुवा खेलिरहेको अवस्थामा नगदसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। जुवाडेको साथबाट ९ हजार ६ सय रूपैयाँ समेत बरामद गरेको डडेल्धुराका प्रहरी निरीक्षक चन्दको भनाइ छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।