Radio Unity 92.2MHz

डडेल्धुरामा टोल–टोलमा राप्रपा अभियान सुरू

डडेल्धुराः सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले डडेल्धुरामा सक्रियता बढाएको छ। राप्रपाले जिल्लामा शनिबारदेखि टोल–टोलमा राप्रपा अभियान सुरू गरेको हो।

हिन्दू राष्ट्र पुनःस्थापनाको एजेण्डासहित राप्रपा डडेल्धुराले टोल–टोलमा समिती गठन गरिरहेको केन्द्रीय सदस्य गोविन्द खडायतले बताए। अभियान अन्र्तगत शनिबार अजयमेरु गाँउपालिका–२ को समिति गठन गरेको उनको भनाइ छ।

कार्यक्रमको प्रमुख अतिथी ९३ वर्षका बहादुरसिंह ऐर रहेका थिए। जिल्लाभर राप्रपाले संगठन बिस्तारसहित आफ्नो कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

११ सदस्य समिती गठन
शनिबार चमडामा भएको कार्यक्रमले अध्यक्षमा लक्ष्मीदत्त भट्टलाई चयन गरेको छ। उपाध्यक्षमा डम्बर सिंह बोहरा, सचिवमा गम्भीरसिंह ऐर, कोषाध्यक्षमा प्रजापति पनेरुलाई चयन गरेको खडायतले बताए।

उनका अनुसार सदस्यमा करनसिंह ऐर, गम्भीरसिंह ऐर, शिवराज भट्ट, कृष्णदत्त पनेरु, खेमराज पनेरू र पार्वती पनेरुसहित ११ सदस्य समिती गठन गरिएको हो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।