Radio Unity 92.2MHz

डडेल्धुरामा एमसीसीविरुद्ध एकीकृत समाजवादीको प्रदर्शन

डडेल्धुराः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा नेकपा एकीकृत समाजवादी निकट संयुक्त जनवर्गीय संगठनहरूले डडेल्धुरामा प्रदर्शन गरेका छन्।

आइतबार जिल्ला सदरमुकाममा भेला भएर पार्टी निकट संयुक्त जनवर्गीय संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन्।

‘एमसीसी खारेज गर, एकीकृत समाजवादी जिन्दावाद, विखण्डनकारी शक्तिहरू मुर्दावाद, होशियार, देश बेच्न पाइँदैन्’ लगाएतका नारा लगाएर प्रदर्शन गरेका थिए।

जिल्ला सदरमुकामको तुफान डाँडादेखि सुरू भएको प्रदर्शन बसपार्क हुँदै फर्किएर भीमदत्त शालिकको चोक निर कोण सभामा परिणत भएको थियो।

एकीकृत समाजवादीको मोर्चाले दिएको निर्देशन अनुसार डडेल्धुरामा पनि प्रदर्शन गरिएको हो।

फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको समयमा सत्ता साझेदार दल एकीकृत समाजवादीको उक्त धारणा आएको हो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।