Radio Unity 92.2MHz

डडेल्धुरामा जनयुद्ध दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण

डडेल्धुराः जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) अमरगढी नगर कमिटी डडेल्धुराले विरामीलाई फलफुल वितरण गरेको छ । डडेल्धुरा अस्पतालमा रहेका बिरामीलाई २७ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रले फलफुल वितरण गरेको हो ।

अस्पतालमा भर्ना भएका बिरामीको पिरमार्का र समस्याकाबारेमा समेत जानकारी लिई अस्पतालमा रहेका ४१ जना बिरामीलाई फलफुल वितरण गरिएको माओवादी केन्द्रका अमरगढी नगरपालिका नगरअध्यक्ष यादव ओझाले जानकारी दिएका छन् ।

नगर अध्यक्ष, इन्चार्ज, माओवादीसँग आवद्ध नेताहरू लक्ष्मण सिंह, करुणाकर ओझा, नगरपार्टी पदाधिकारी अन्य नेताहरुकोे सहभागितामा २७औं जनयुद्ध दिवस बिरामी भेटघाट तथा फलफुल वितरण गरी मनाइएको हो ।

यस्तै, दिवसको अवसरमा साँझ भीमदत्त सालिक नजिकै पाँच केजीको मैनबत्ती बालेर अखिल क्रान्तिकारीका विद्यार्थीले दिप प्रज्जवलन गरेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...