डडेल्धुराः नेकपा (एकीकृत समाजवादी) निकट भातृ संगठन अनेरास्ववियू आलिताल गाउँपालिकाको अध्यक्षमा दीपा जोशी चयन भएकी छन्।
शनिबार सम्पन्न गाउँपालिका स्तरीय दोस्रो अधिवेशनबाट जोशीको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो।
कमिटीको उपाध्यक्षमा दानबहादुर नेपाली, विपना बोहरा र मनिषा विष्ट, सचिवमा अशोक नेपाली, सहसचिवमा करिष्मा बोहरा, माया खडायत र लक्ष्मी बुढा तथा कोषाध्यक्षमा हिम्मत नेपाली चयन भएका छन्।
सदस्यहरूमा पदम अधिकारी, दीपा बोहरा, शारदा नेपाली, जीवन बोहरा, धीरेन्द्र विष्ट, पवन बोहरा, हेमन्त धामी सुरेश नाथलगायत रहेका छन्।