Radio Unity 92.2MHz

डडेल्धुराको बागबजार नजिकै टिप्पर दुर्घटना

डडेल्धुराः डडेल्धुरा जिल्ला सदरमुकामको भिरबाट टिप्पर खसेको छ। शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट उक्त टिप्पर खसेको हो।

सुप ००१ क १८७९ नम्बरको उक्त टिप्परमा २ जना सवार रहेको बताइएको छ। टिप्पर ब्याक गर्दा खसेको स्थानीयको भनाइ छ।

दुर्घटना स्थलमा प्रहरी पुगेको र थप विवरण आउन बाँकी रहेको डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता राजेन्द्रबहादुर चन्दले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
Loading...