Radio Unity 92.2MHz

डडेल्धुरामा टिप्पर दुर्घटना, एकजनाको मृत्यु, एक घाइते [अपडेट]

डडेल्धुरा: डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अजयमेरु गाउँपालिका–२ का २२ वर्षीय टिप्पर चालक दीपक ऐर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दुर्घटनामा परी एक जना घाइते भएका छन्। दाङ घर भएका सहचालक १७ वर्षीय असिम चौधरी घाइते भएको डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए।

शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट सुप ००१ क १८७९ नम्बरको टिप्पर २ सय मिटर तल खसेको थियो।

टिप्पर तुफानडाँडाबाट बागबजार गइरहेको थियो। घाइते चौधरीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ। मृतकको शव पनि डडेल्धुरा अस्पतालमै राखिएको छ। दुर्घटनाको कारण भने अझैं नखुलेको सूचना अधिकारी चन्दले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।