Radio Unity 92.2MHz

डडेल्धुरामा जिप दुर्घटना हुँदा १० जना घाइते

डडेल्धुरा: डडेल्धुरामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। मंगलबार बिहान साढे ८ बजेतिर जिल्लाको अमरगढी नगरपालिका–१० राइको मोड नजिक से १ ज ४०१ नम्बरको जिप दुर्घटना भएको हो।

नवदुर्गा गाउँपालिकाबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको उक्त जिप अनियन्त्रि भई पल्टिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। जिप पल्टिँदा १० जना घाइते भएका डडेल्धुरा प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए।

घाइतेहरूमध्ये २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। सूचना अधिकारी चन्दका अनुसार नवदुर्गा गाउँपालिका–१ की ६० वर्षीया ईश्वारीदेवी ऐर र र सोही ठाउँकी ५० वर्षीया सीता पार्कीको उपचार भइरहेको हो।

बाँकी ८ जना भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। जिप चालक नवदुर्गा गाउँपालिका–१ कोटेलीका २८ वर्षीय रामबहादुर ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...