डडेल्धुराः परशुराम नगरपालिका–७ स्थित मध्यकालिन मानव सभ्यताको उद्गम बिन्दु मानिने मलास क्षेत्रमा बहु–आयामिक पार्क बनाइँदै छ।
मल्लकालिन मन्दिर, शिलालेख, किल्ला, दरवार, पाटी पौवा चौतारा र बाटोलगायत मानव बस्तिका थुप्रै अवशेष रहेको मलास क्षेत्रमा पार्क बनाउन थालिएको हो।
मलासको कोलडाँडामा सहिद पार्कका नामले पार्क निर्माणको काम थालेको वडाध्यक्ष केशव बोहराले बताए। तराई, पहाड र भित्रीमधेश जोड्ने चुरे पहाड क्षेत्रमा रहेको मलासमा पार्क बनाउन मुख्य उदेश्य रहेको उनले बताए।
पार्कमा गोलघर निर्माणका लागि वडा कार्यालयबाट एक लाख ८० हजार र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख ५० हजार बजेट छुट्टाएको वडाअध्यक्ष बोहराको भनाइ छ।
‘यसवर्ष पार्क क्षत्रमा गेट, गोलघर, पदमार्ग, सेल्फी प्वाइन्ट बन्छन्। भ्वुटावर लगायतका संरचनाहरू क्रमशः निर्माण गरिँन्छन्,’ उनले भने, ‘मलास तीन वर्ष अगाडीसडक सञ्जालसंग जोडिएको छ, अब पर्यटकीय हब बन्छ।’
मलास कन्चनपुरको भिमदत्त नगरपालिकको क्षेत्रासँग जोडिएको छ। निर्माणाधिन पार्कसम्म पुग्न कञ्चनपुरको महेन्द्रनगर बजारबाट १५ किलोमिटर कच्ची सडकको बाटो प्रयोग गर्न सकिन्छ भने डडेल्धुराको परशुराम नगरपालिकाकोसादनीबाट ११ किलोमिटर (कच्ची सडक) मा पुगिन्छ।