Radio Unity 92.2MHz

अमरगढी किल्ला प्रर्वधनकाका लागि हाप म्याराथन(फोटोफिचर)

डडेल्धुरा:

डडेल्धुराको ऐतिहासिक अमरगढी किल्ला प्रचारप्रसार, संरक्षण तथा प्रर्वधनका लागि खुल्ला हाप म्याराथन २०७८ दौड प्रतियोगीता आयोजना गरिएको छ ।

नेपाली सेना दिवस पारेर रण बम गण दह व्यारेक र अमरगढी नगरपालिका डडेल्धुराको आयोजनामा दौड प्रतियोगिता गरिएको हो । प्रतियोगितमा १ सय ६० भन्दा बढीले भाग लिएका छन् ।

२१ किलोमिटर दौडमा पुरुषतर्फ रण बम गणमा कार्यरत नेपाली सेनाका जवान नरेश बोहरा प्रथम, नेपाली सेनाकै रामसिंह पाल द्धितीय, वीरेन्द्र चन्द तृत्तीय र मनरा मोहर चौथो भएका छन् । २१ किलोमिटर दौडमा महिलातर्फ प्रथम नेपाली सेनामा कार्यरत ज्योति राना दमाइ, द्धितीय सरस्वती थापा, तृत्तीय नमरता थापा, चौथो अजयमेरु गाउँपालिका–४ की करुणा ऐरी भइन् ।

महिला र पुरुषतर्फ प्रथम, द्धितीय र तृत्तीयले क्रमशः नगद १० हजार मेडल तथा प्रमाण पत्र, नगद ५ हजार मेडल तथा प्रमाण पत्र, नगद ३ हजार मेडल तथा प्रमाण पत्र र सन्तोना हुनेले १ हजार नगद तथा प्रमाण पत्र प्राप्त गरेको रण बम गण डडेल्धुराले जनाएको छ ।

२१ किलो मिटर दौड अमरगढी किल्लाबाट उग्रताराको सायक गेटबाट फर्केर तुफानडाँडा, बागबजार स्याउलेबाट फर्केर फेरि किल्लामै समापन भएको थियो । ८ किलोमिटर किल्लादेखि स्याउले र स्याउलेबाट किल्लासम्म सरकारी अधिकारी, पत्रकार, प्रमुख तथा प्रतिनिधिहरूले वार्क गरेका थिए ।

फोटोहरु-

 

सम्बन्धित पाेष्टहरु
Loading...