Radio Unity 92.2MHz

भद्रपुर मावि अजयमेरू तीन तारे विद्यालय घोषणा

डडेल्धुरा : डडेल्धुराको अजयमेरू गाउँपालिका–३ स्थित भद्रपुर माध्यमीक विद्यालय तीन तारे विद्यालय बनेको छ। खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी मापदण्डहरू पूरा गरेपछि यो विद्यालयलाई मंगलबार तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको हो ।

अजयमेरू गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना डडेल्धुराको सहयोगमा विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुरेन्द्र मल्लले बताए । उनकाअनुसार खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी १० वटा सूचक पूरा गरेर विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको हो।

भद्रपुर मावि विद्यालय शुद्ध खानेपानी, शौचालय, सफा स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था दिगोपन, विपद् जोखिम व्यवस्थापन र प्रवर्द्धन र दिगोपनका लागि संस्थागत व्यवस्था लगायतका मापदण्डहरू पूरा गरेपछि विद्यालय तीन तारे सुनिश्चिता घोषणा भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना का अजयमेरु गाउँपालिका जलस्रोत अधिकृत शिन्दु बोहरा अवस्थीले बताइन् ।

उनले अजयमेरु गाउँपालिका ७ विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गर्ने कार्यक्रम रहेको बताए । जसमा ३ वडा बिद्यालय घोषणा भइसकेको बोहराले बताइन् ।
चालु आर्थिक वर्षमै ६ विद्यालयलाई तीन तारे बनाइने लक्ष्य छ। उनले भने, ‘घोषणा गर्दैमा सबै कुरा पूरा भए भन्ने होइन्। यो अभियानलाई गाउँपालिका, विद्यालय र अभिभावकले सहयोग गर्नुपर्छ।’

घोषणा सभामा बोल्दै ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना टिमलीडर नारायण वाग्लेले परियोजना कार्यक्षेत्र भित्रका १ सय ८० विद्यालयलाई तिनतारे बनाउन सक्छकी भनेर २ बर्षबाट लागेको बताए । तर अहिले सम्म ५१ विद्यालयलाई तिनतारे घोषणा गरिएको र आगामी असारसम्म एक सय ८० विद्यालय घोषणा गर्ने दाबी गरे

विद्यालयले विद्यालय खानेपानी तथा सरसफाइ स्वच्छता कार्यविधि ७४ को दोस्रो संसोधन ७६ अनुसारका १० वटै मापदण्ड पूरा गरेर उत्तम स्थान हासिल गरेकाले तीन तारे विद्यालय घोषणा गरिएको जनाइएको छ। तीन तारे घोषणा गर्न विद्यालयले चालेको कदम सर्हानीय भएको स्थानीय राजनिती दलको भनाई थियो । अजयमेरु गाउँपालिकाले २०८३ भित्र पालिकालाई पूर्ण सरसरफाइयुक्त पालिका घोषणा गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए ।

जस अनुरुप पालिकाभरका ३० वटै सामुदायीक बिद्यालयलाई नै तीन तारे घोषणा अभियान जारी रहने छ । उनले तीन गाउँ नमुना बस्ती बनेका छन् । क्रमीक रुपमा अरु पनि गाउँ र बिद्यालयहरुलाई पूर्ण सरसरफाइयुक्त बनाउने योजना रहेको उनले बताए । परियोजना अवधि सकिन लागेपनि गाउँपालिकाले योजनाको जिम्मेवारी लिएर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।
घोषणा सभामा स्थानीय बाजागाजा, देउडा, कराते खेल तथा आत्मारक्षा प्रर्दशन, बिद्यालय साँस्कीतक कार्यक्रमहरु पनि समावेश गरेका छन् ।

सम्बन्धित पाेष्टहरु
Loading...