Radio Unity 92.2MHz

माओवादी केन्द्र डडेल्धुरा संयोजकमा भट्ट चयन

डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डडेल्धुराको जिल्ला समन्वय समिती संयोजकमा उमेशप्रशाद भट्ट ‘विकास’ चयन भएका छन् । आज बसेको प्रदेश कमिटी पदाधिकारी बैठकले भट्टलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको सुदूरपश्चिम प्रदेश उपाध्यक्ष मानसिह मालले बताए । उनका अनुसार जिल्ला सचिवमा लालबहादुर धामी चयन भएको छ ।

माओवादी केन्द्रको विधान अनुसार प्रदेश कमिटी सदस्यबाट नै जिल्ला संयोजक र सचिव तोकिएको प्रदेश उपाध्यक्ष मालले बताए । अजयमेरु गाउँपालिका अध्यक्ष समेत रहेका भट्ट लामो समय जिल्ला सचिव तथा प्रदेश कमिटी सदस्य थिए । जिल्ला संयोजक मानसिह माल प्रदेश उपाध्यक्षमा निर्वाचत भएपछि भट्टले संयोजकको जिम्मेवारी पाएका हुन् ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।