Radio Unity 92.2MHz

रेणु दाहाल चितवन इन्चार्ज

भरतपुर: नेकपा (माओवादी केन्द्र)ले चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ।

माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी अधिकारीलाई दिएको छ।

दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुन्। ऊनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन्। अधिकारी विद्यार्थी राजनीतिबाट आएका हुन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।