Radio Unity 92.2MHz

अजयमेरु गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। ‘दीर्घ जीवनका लागि खेलकुद’ भन्ने नाराका साथ गाउँपालिको आयोजनामा बिहीबारबाट चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो।

रााष्ट्रपति रनिङ शिल्डको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले एक कार्यक्रमकाबीच उद्घाटन गरे। कार्यक्रममा गाउँपालिका अन्तर्गतका ९ वटा विद्यालयका विद्यार्थीहरूले लामवद्ध भएर राष्ट्रिय झण्डा र आफ्नो विद्यालयको झण्डा लिएर मार्चपास गरे।

प्रतियोगितामा छात्र/छात्रा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टलगायतका खेलहरू समावेश गरिएको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ। प्रतियोगिता फागुन ५ गतेसम्म संचालन हुने अजयमेरु गाउँपालिका–२ का वडाध्यक्ष शिवराज भट्टले जानकारी दिए।

उनले प्रतियोगिता अजयमेरु गाउँपालिका–३ स्थित चन्वेताल खेल मैदानमा भइरहेको बताए। देश संघीय संरचनामा गइसकेपछि स्थानीय तहहरूमा नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेका छन् भने स्थानीय स्तरबाट प्रथम भएर आउने खेलाडीहरूको जिल्लामा जिल्लास्तरीय प्रतियोगिता हुने भएको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।