Radio Unity 92.2MHz

कांग्रेसबाट तारक बुढाऐर बने अमरगढीमा मेयरको उम्मेदवार !

डडेल्धुराः असन्न स्थानीय तहको निर्वाचनका लागि  नेपाली कांग्रेस डडेल्धुराले तारकबहादुर बुढाऐरलाई जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बनाउने भएको छ।

काठमाडौंबाट मेयरको टिकट पक्का गरेर बुढाऐर डडेल्धुरा आइपुगेका छन्। बुढाऐर नेपाली कांग्रेसका पाका नेता तथा महाधिवेशन प्रतिनिधि हुन्।

अमरगढीको नगरप्रमुखको दौडमा कांग्रेसका नेता तथा अधिवक्त हरिप्रसाद भट्ट पनि छन्। भट्टले विगत एक महिनादेखि ‘हरि भट्ट जिताउ अभियान’ चलाइरहेका छन्।

गत स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालिकामा नेकपा एमाले विजयी भएको थियो। कांग्रेसको किल्ला मानिने अमरगढीमा नेकपा एमालेबाट विशेश्वरप्रसाद ओझा (विपीन) नगर प्रमुखमा विजयी भएका थिए। उनले कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीलाई झिनो मत १ सय २८ मतले हराएका थिए।

यस्तै, अमरगढी नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट नगरप्रमुखमा ३ जनाको नाम सिफारिस भएको छ। हालका नगर उपप्रमुख संगिता भण्डारी, अधिवक्ता विष्णु भट्ट र नेता भीम कैनी सिफारिस भएको नेकपा एस डडेल्धुराका प्रचार विभाग प्रमुख सुरेन्द्र मल्लले बताए। उनको अनुसार उपप्रमुखमा विरेन्द्र बस्नेत, लक्ष्मी गैराल, बसन्त भण्डारी र तीर्थ भण्डारीलगायतका सिफारिस भएको छन्।

यसैगरी नेकपा माओवादी केन्द्रले अमरगढी नगरपालिको मेयरमा लक्ष्मण सिंहलाई उम्मेदवार बनाएको छ। शुक्रबार बसेको नगर कमिटी बैठकले सिंहलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको नेता यादव ओझाले बताए।

यस्तै, नेकपा एमाले डडेल्धुराले अमरगढीको प्रमुखका लागि ८ जना र उपप्रमुखका लागि ३ जनाको नाम जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको छ।

मेयर पदमा हालका मेयर विशेश्वर प्रसाद ओझा (विपीन), जिल्ला अध्यक्ष प्रकाश साउद, प्रदेश कमिटी सदस्य यज्ञराज अवस्थी, प्रदेश सदस्य तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य करन ताम्राकारको नाम सिफारिस गरेको छ। यस्तै जिल्लाका उपसचिव अञ्जु गैरे, ज्ञानेन्द्र जोशी, भीम रोकाया र जीत ताम्राकारको नाम सिफारिस भएको छ।

यस्तै, उपप्रमुखमा जिल्ला कमिटी सदस्य इन्दिरा ताम्राकार, जिल्ला कमिटी सदस्य कलावती कठायत र अनेमा संघकी जिल्ला सचिव कुमारी फुल चौधरीको नाम जिल्ला कमिटीको बैठकले प्रदेश कमिटीलाई सिफारिस गरेको नेकपा एमाले डडेल्धुराले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...