डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकामा एकीकृत स्वास्थ्य सिविर सुरु भएको छ।
शनिबार अजयमेरु गाउँपालिका–१ समैजी स्वास्थ्य चौकिबाट एकीकृत स्वास्थ्य सिविर सुरु भएको हो। पालिकाका ६ वटै वडामा सञ्चालन हुने सिविरको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले एक औपचारिक उद्घाटन गरेका छन्।
सिविरमा स्वास्थ्य परीक्षण तथा परार्मस सेवा, गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा अल्ट्रासाउण्ड सेवा, पाठेघरको मुखको क्यानसर परीक्षण, आँखा परीक्षण तथा उपचार सेवा, आङ्गखसेको महिलाका लागि रिंपेसरी राख्ने सेवा, परिवार नियोजन तथा परामर्ष सेवा र निःशुल्क औषधी वितरण भइरहेको स्वास्थ्य शाखा प्रमुख हिक्मत कडायतले बताए।
शनिबार नै अजयमेरु गाउँपालिकाले वडा नम्बर १ समैजीमा ओटिसी स्थापना गरेको उनले बताए। आइतबार चैत ७ गते एकीकृत स्वास्थ्य सिविर चमडा स्वास्थ्य चौकिमा सञ्चालन हुनेछ।