Radio Unity 92.2MHz

महासंघ स्थापना दिवसको अवसरमा पत्रकारका निःशुल्क आँखा जाँच

डडेल्धुरा: नेपाल पत्रकार महासंघ डडेल्धुराले ६७ औं स्थापना दिवस मनाएको छ । बुधबार डडेल्धुरा शाखाले जिल्लास्थित पत्रकारहरूको आँखा जाँच गरी दिवस मनाएको हो ।

पत्रकार महासंघ डडेल्धुरा शाखाको आयोजनामा तथा अन्नपूर्ण अप्टिकल आँखा उपचार केन्द्र डडेल्धुराको सहयोगमा २४ जना क्रियाशील पत्रकारहरूले निःशुल्क आँखा जाँच गरेका छन् । महासंघले आफ्नैं भवनमा आँखा जाँच तथा उपचारको आयोजना गरिएको थियो ।

आँखा चाँज गरिएका २४ जनामध्ये ७ जनाले चस्मा लगाउनुपर्ने देखिएको अन्नपूर्ण अप्टिकल आँखा उपचार केन्द्रले जनाएको छ । पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले आँखा जाँच तथा उपचारमा सहयोग गर्ने अन्नपूर्ण अप्टिकल र स्वास्थ्य कार्यालय डडेल्धुरालाई धन्यवाद व्यक्त गरेका छन् ।

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका कोषाध्यक्ष राम धामीले सुरुमा आँखा जचाउँदै कार्यक्रमको उद्घाटना गरेका थिए । नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारहरूको साझा छाता संगठन हो ।

महासंघको स्थापना २०१२ चैत १६ गते भएको थियो । यसका संस्थापक सभापति पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुन् । यसले अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता प्राप्त गरिसकेको छ ।

सम्बन्धित पाेष्टहरु
Loading...