डडेल्धुराका पन्त एआईजीमा बढुवा
डडेल्धुराः नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षकमा वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुक बढुवा भएका छन्।मन्त्रिपरिषद्को विहीबार बिहान बसेको बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
यसअघि बढुवा समितिले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। लोक सेवा आयोगले वरिष्ठताका आधारमा सिफारिस नगरेको भन्दै आयोगमा परेको उजुरी खारेज गर्दै उनीहरूको बढुवा सिफारिस सदर गरेको थियो
कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीलगायतले लोकसेवा आयोगमा उजुरी दिएका थिए। उजुरी सुन्ने समितिको सिफारिस सदरसँगै सरकारले आज उनीहरूलाई बढुवा गरेको हो।
सरकारले एआईजीका तीनवटा दरबन्दी थप गरेपछि बढुवा समितिले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो। बढुवा भएकामध्ये पन्तले आगामी वैशाख १८ गते अवकाश पाउँदैछन् भने धानुक र सिंहको सेवा अवधि २०७९ चैतसम्म छ।
पन्तको घर डडेल्धुराको अमरगढी नगरपालिका–२ कारीगाउँमा हो।