Radio Unity 92.2MHz

प्रधानमन्त्री देउवाकै गृहजिल्लामा फुट्यो कांग्रेस 

डडेल्धुरा: निकै चासोका साथ हेरिएको प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजन भएको छ।

नेपाली कांग्रेस डडेल्धुराको सातौ जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनदेखीको विवादका कारण डडेल्धुरा कांग्रेस विभाजन भएको हो। विभाजनसंगै स्थानीयतहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेपाली कांग्रेस (विपि) ले डडेल्धुरामा छुट्टा–छुट्टै उमेदवारी दर्ता गर्ने भएका छन्

नेपाली कांग्रेसको छैटौ जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डेल्धुरा जिल्लाको प्रदेश (ख) बाट निर्वाचित प्रदेश सभा सदस्यकर्ण मल्लपक्ष नेपाली कांग्रेस (विपि) बाट स्थानीय तहमा उमेदवारी दिने तयारीमा जुटेको हो।

नेपाली कांग्रेस केन्द्रिय सभापति देउवाले अन्तिम सम्म पनि गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफुहरु नेपाली कांग्रेस (विपि) बाट स्थानियतहको निर्वाचनमा जानु परेको विद्यार्थी नेता तेजराज भट्टले बताए ।

नेपाली कांग्रेसबाट उमेदवारी दिने तयारी गरेका थियौँ, केन्द्रिय सभापति देउवाले एकलौटी गर्ने योजना थाहा पाएपछि आफूहरु नेपाली कांग्रेस (विपि)बाट चुनावी मैदानमा जाने तयारी गरेको महिला नेतृ कमला बिष्टले बताईन।

जिल्लाका ७ वटै पालिका र ५२ वटै वडामा उमेदवारी दर्ता गर्ने तयारी रहेको र जिल्लामा अन्यदलहरु संग तालमेलको प्रयासहरु पनि भइरहेकाले भोली (सोमबार) मात्रै उमेदवारी दर्ता गरिने नेपाली कांग्रेस (विपी) का जिल्ला संयोजक तिलक हमालले जानकारी दिए ।

नेपालीकांग्रेस बाहेकका जुनसुकै दलहरु संग तालमेल हुनसक्ने संयोजक हमालले जानकारी दिए।

देशभरी गठबन्धनमा रहेका दलहरुले डडेल्धुरा जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने भनेर सहमती गरे पश्चात नेपाली कांग्रेस फुटेर कांग्रेस (विपि)बाट छुट्टै उमेदवार तय गरेपछि डडेल्धुरामा कांग्रसलाई साख जोगाउन मुस्किल पर्ने देखिन्छ।

यस अघिनै डडेल्धुरामा २०७८ को फागुन ४ गते नेपाली कांग्रेस विपिको संगठन निर्माण भएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...