भण्डारीले दिइन् अमरगढीको उप–प्रमुखबाट राजीनामा
डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकाको नगर उप–प्रमुख संगीता भण्डारीले पदबाट राजीनामा दिएकी छन्। आइतबार भण्डारीले पदबाट दिएको राजीनामा दिएकी हुन्।
उनको राजीनामा आजै अमरगढी नगरप्रमुख विशेश्वरप्रसाद ओझाले स्विकृत गरेका छन्।
भण्डारी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उप–प्रमुख पदमा निर्वाचित भएकी थिइन्।
भण्डारी आफूभन्दा दोब्बर उमेरकी काँग्रेस उम्मेदवार पार्वती झुकाललाई पराजीत गरेपछि चर्चामा आएकी थिइन्। अहिले नेकपा एकीकृत समाजवादीमा रहेकी भण्डारी नगरप्रमुख पदको दौडमा छिन्।