Radio Unity 92.2MHz

नगरप्रमुख ओझा भन्छन् : एमाले र वीपी काँग्रेसबीचको गठबन्धन अस्विकार्य

डडेल्धुराः डडेल्धुरामा २ भागमा बाँडिएको नेपाली काँग्रेसको एक पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि नेकपा एमालेका  नेता तथा अमरगढी नगरप्रमुख विशेश्वरप्रासाद ओझाले असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लैख्दै ओझाले नेकपा एमाले डडेल्धुरा र नेपाली काँग्रेस मल्ल समूहबीच अमरगढी नगरपालिकामा गरिएको सहमती प्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

ओझाले बिना परामर्श गरिएको कथित सहमतीकाबिरुद्ध सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्। काँग्रेसमा देउवासँग पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले काँग्रेस विपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो।

आइतबार भएको दुई पक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णय संगै भागबन्डा गरेको छ। जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा विपी काँग्रेसबाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने भएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...