Radio Unity 92.2MHz

नेकपा एकीकृत समाजवादीबाट नवदुर्गा अध्यक्षमा बिष्टको उम्मेदवारी

कांग्रेसबाट अध्यक्षमा अवस्थी र उपाध्यक्षमा विष्टको उम्मेदवारी

डडेल्धुराः नेकपा एकीकृत समाजवादीबाट नवदुर्गा गाउँपालिका अध्यक्षमा कविन्द्र बिष्टको उम्मेदवारी दर्ता भएको छ। आइतबार अध्यक्ष पदबाट राजीनामा दिँदै बिष्टले पुनः उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत सिद्धराज शर्माले बताए।

२०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित अध्यक्ष बिष्टले अहिले नेकपा एसबाट उम्मेदवारी दिएका हुन्। उपाध्यक्षबारे छलफलमै रहेको र भोलि दर्ता गरिने उनले बताए।

यस्तै, नेपाली कांग्रेसबाट नवदुर्गा गाउँपालिकाको अध्यक्षमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बोगटी विष्टले आइतबार नै उम्मेदवारी दर्ता गरेका छन्। कांग्रेसको आधिकारी टिकट पाएका अवस्थी र बिष्टले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

सम्बन्धित पाेष्टहरु
Loading...