Radio Unity 92.2MHz

परशुरामको मेयरका लागि ४ जनाको उम्मेदवारी

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकाको नगरप्रमुख पदका लागि चारजनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेसबाट २८ वर्षीय भरत बडायर जोशीले मननोयन दर्ता गराएका छन्। सोमबार जोशीले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्।

उनी कांग्रेसको परशुराम नगर समितिका सभापतिसमेत हुन्। कांग्रेसको पालिका अधिवेशनमा दुई सय मत खसेकोमा जोशी १ सय ४८ मत पाएर विजयी भएका थिए।

परशुराम नगरपालिका अहिले कांग्रेसको सरकार रहेको छ। कांग्रेसबाट मेयरमा भीमबहादुर साउँद र कलापती बोहरा निर्वाचित भएका थिए।

त्रिचन्द्र क्याम्पसबाट फिजिक्समा स्नातक सकाएपछि जोशीले चीनबाट ‘एड्मोस्फेरिक फिजिक्स’मा मास्टर्स गरेका छन्। परशुराममा कांग्रेसको बलियो प्रतिद्वन्द्वी माओवादी केन्द्र हो।

यस्तै, नेकपा माओवादी केन्द्रबाट परशुराम नगरपालिकाको प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा विमला महताले मनोनयन दर्ता गराएका छन्।

माल २०७४ सालको स्थानीय तह चुनावमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग ५ सय ४५ मतले पराजित भएका थिए। एमालेबाट केशव बोहराले प्रमुख र गौमती पन्तले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एकिकृत सामाजवादीबाट परशुरामको नगरप्रमुखमा लालबहादुर दमाइ र उपप्रमुखमा कमला धामीले मनोनयद दर्ता गराएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...