Radio Unity 92.2MHz

फेरि काँग्रेससँग तालमेल गर्ने मल्लको संकेत !

डडेल्धुरा: नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले नेपाली काँग्रेससँग तालमेल हुन सक्ने संकेत गरेका छन्। बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले करूवा र रूख चुनाव चिन्हबीच तालमेल हुन सक्ने संकेत गरेका हुन्।

शेरबहादुर देउवाले मिलेर जाउँ भनेपछि गठबन्धन के हुन्छ? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै मल्लले करूवा र रूख चुनाव चिन्हबीच तालमेल गराए आफ्नो लागि सर्वस्विकार्य हुने बताएका हुन्।

उनले आफूहरूको बटमलाईन अमरगढीको मेयर हरि भट्ट रहेको समेत बताए।

उनले काँग्रेस सभापति भीमबहादुर साउँदसँग आफूले कुरा गरेको बताउँदै शेरबहादुर दाईसँग कुरा गरेर आउनु भएको हो भने अमरगढीको मेयरको टिकट हरि भट्टलाई दिनु भन्ने माग राखेको बताए।

उनले साउँदसँग नवदुर्गा गाउँपालिकाको अध्यक्षको टिकट गोकुल शाहीलाई दिए सबै कुरा बिर्सिदिने माग समेत राखेको बताए। तर, साउँदले यो कुरा नमानेको उनको आरोप छ।

मल्लको यो भनाइले मल्लपक्षसँग गठबन्धन गरेको एमालेलाई सकस पर्ने भएको छ।

२ भागमा बाँडिएको नेपाली काँग्रेस डडेल्धुराकोे मल्ल पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। पहिलैदेखि रुष्ट बनेको मल्ल समूहले काँग्रेस विपीबाट उम्मेदवारी दिएर एमालेसँग गठबन्धन गरेको थियो।

जसअनुसार दुबै पक्षले तालमेल गरेर जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसंगै उम्मेदवारी दिएका छन्।

 

सम्बन्धित पाेष्टहरु
Loading...