Radio Unity 92.2MHz

अमरगढीमा समाजवादीको घरदैलो अभियान, स्थानीयले गरे अविर र मालाले स्वागत

डडेल्धुराः आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पार्टीले घरदैलो अभियान सुरु गरेको छ।

शनिबार नेकपा एकीकृत समाजवादी पार्टीले अमरगढी नगरपालिका–८ बाट घरदैलो अभियान सञ्चालन गरेको हो।

अमरगढीको बासीको माया र आशिर्वाद फेरि पाउने विश्वासका साथ घरदैलो अभियानमा लागेको नगरप्रमुख पदका उम्मेदवार संगिता भण्डारीले बताइन्।

प्रमुख पदमा विजयी भएमा अमरगढी बासीका समस्या र मागहरूलाई पूरा गर्न आफू कटिबद्ध भएर लाग्ने उनको भनाइ छ।

‘उपप्रमुख भएर केही कामको थालनी गरेको छु। तर, कतिपय काम गर्न बाँकी रहेका छन्। बाँकी रहेका ति काम पूरा गर्ने जमर्कोका साथ मेयरमा उम्मेदवारी दिएकी हुँ,’ उनले भनिन्।

अमरगढी नगरपालिका–८बाट घरदैलो अभियान सञ्चालन गर्दा त्यहाँका स्थानीयले अविर र मालाले स्वागत गरेका छन्।

अमरगढी ८ मा जनताले देखाएको साथ र समर्थनले आफूहरू निकै हर्षित भएको नगर उपप्रमुख पदमा उम्मेदवार भुवन पाठकले बताए।

गाउँमा जनताले देखाएको माया र साथले अमरगढीमा आफूहरूको जित सुनिश्चि जस्तै रहेको उनी बताउँछन्।

नेकपा एकीकृत समाजवादी पार्टी अमरगढीमा निकै बलियो रहेको छ।

आसन्न स्थानीय तहको निर्वाचनमा अमरगढीमा ‘क्लिन स्विप’ गर्ने योजनामा रहेको समाजवादीका नेता बताउँछन्। कलम चिन्ह्मा मतदान गरि आफूहरूलाई जिताउन उम्मेदवारले आग्रह गरेका छन्।

यस्तै नेपाली काँग्रस, तालमेल गरेका नेपाली काँग्रेस विपी र एमालेले पनि घरदैलो अभियान सञ्चालन गरेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...